Thursday, October 22For your kind information
Shadow

नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको : सी जिनपिङ

नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको चिनिया राष्ट्रपति सी जिनपिङले बताए। नेपाल चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नुपर्ने बताए ।
उनले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि व्यक्त गरेका छन्। कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताएकाछन् ।
यस्तै उनले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको बताएको खबरमा उल्लेख छ । नेपाल चीनबीच सन् १९५५ को अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङलाई सन्देश पठाएर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरेकिछिन् ।