Wednesday, August 5For your kind information
Shadow

देशका ठुलबडा नेताले नै मास्क नलगाउने, जनाताले झन के लगाउथेँ

कोरोना संक्रमणको स्थिति दिनानुदिन भयावह बन्दै छ, तर साउन लागेयताका गतिविधिलाई मात्र नियाल्दा पनि हामीले राष्ट्रका अगुवाहरू प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री, मन्त्री, सांसद, सेना र प्रहरीका उच्च अधिकारी, सरकारी निकायका उच्च तहका व्यक्तिले समूहमा रहँदासमेत मास्क नै नलगाएको पायौं ।

र लगाउँदा पनि सही तरिकाले नलगाउने, चिउँडोमा अड्काउने, बोल्दा खोल्ने जस्ता विश्व स्वास्थ्य संगठनले समेत ‘गर्न नहुने’ भनेकै कुरा गरेको पायौं । सरकारले शुक्रबार मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने करिब हजार सर्वसाधारणलाई सय रुपैयाँ जरिवानासहित दण्डित गरेको छ ।

असार २२ यता मास्क नलगाई हिँड्ने करिब १० हजार जना कारबाहीमा परिसकेका छन् । तर यही अवधिमा उच्च ओहदामा बसेकाहरू भने मास्क नलगाई निर्बाध रूपमा विभिन्न सार्वजनिक कार्यक्रममा समेत सहभागी हुँदै आएका छन् ।

कोरोना संक्रमणको जोखिम कायम रहे पनि अति संवेदनशील र सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेको कसुरमा सर्वसाधारणलाई प्रहरीले सय रुपैयाँ जरिवाना गराएर छाड्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १० हजार जनालाई जरिवाना गरिएको छ । इ कान्तिपुरबाट ।

Leave a Reply