Saturday, August 8For your kind information
Shadow

हलेसी महादेवको दर्शन गर्नुहोस र भित्र लेखिएको ॐ पत्ता लगाउनुहोस आँटेको कुरा पुरा हुनेछ:

हलेसी महादेव धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो । यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ । धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पनि पुग्ने गरिन्छ ।

यहाँको प्राकृतिक भू बनौट पनि अचम्मलाग्दो छ । यसलाई विश्वमै अनौठो भू बनौट मानिन्छ । घना जंगल । जंगलकै मध्यमा रहेको गुफा । ठीक यहीपुगेपछि देख्न सकिन्छ, अनौठो दृश्य ।

रमाइलो त के भने, हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्छन् । ॐॐॐॐॐॐॐॐॐॐॐॐॐ ।

मन्दिर दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोति हुन्छ भन्ने विश्वास छ । यहाँ महाशिवरात्रि, रामनवमी बालाचर्तुदशी र बालाचर्तुदशीमा मेला समेत लाग्ने गर्दछ । काठमाडाौंबाट हलेसी पुग्न दुई बाटो छन् ।

एउटा, काठमाडौं, मिचैया, कटाहारी हुँदै घुर्मी हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर पनि हलेसी मन्दिर को दर्शन गर्न पुगिन्छ । अर्को बाटो, काडमाडौं धुलिखेल नेपालथोक खुर्कोट सिन्धुली घर्मी हर्कपुर हुँदै जयरामघाटबाट दुधकोशी तरेर पनि हलेसी मन्दिर पुग्न सकिन्छ ।

Leave a Reply