Wednesday, August 5For your kind information
Shadow

‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ’ : प्रचन्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको बहस नेतृत्व प्राप्तिका लागि नराम्रो बताएका छन्। पद प्राप्तिका लागि तछाडमछाड भइरहेको भन्ने प्रचार गर्न खोजिएको भन्दै प्रचण्डले भने, ‘यो पदको झिनाझम्टी विल्कुलै होइन।’

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’ तुलसीलाल अमात्यको स्मृतिमा शनिबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन। राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं।’

पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डले बताए। ‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन,’ उनले थपे, ‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ।

बुर्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन्।’ उनले पार्टी एकता रक्षा गर्दै देखा परेका विवादहरू ठिक ढंगले फस्यौट हुनुपर्ने बताए।

Leave a Reply