Wednesday, August 5For your kind information
Shadow

कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बाध्यता छ: अर्थमन्त्री खतिवडा

काठमाडौं ।

अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तर्राष्ट्रिय समुदायसंगको सम्बन्ध र कुटनीतिक विश्वासका लागि पनि कुनै हालतमा एमसीसी पास गर्नुपर्ने अवस्थामा रहेको बताउनुभएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले सरकारको समृद्धिको सपना साकार पार्न

एमसीसी लगायतका वैदेशिक अनुदान सहयोग स्वीकार्नुपर्ने बाध्यतामा भएको बताउनुभयो । मन्त्री खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधीन रहेकाले एमसीए नेपाल अन्तर्गतको काम प्रभावित भएको बताउनुभयो । सरकारले अहिले आफ्नो तर्फबाट स्थानीय आवश्यक खर्च गरिरहेको बताउँदै दाताले दिने रकमको टुंगो नलगाए नेपाल सरकार नै

बढी फस्ने र एकतर्फी भारमा पर्ने अवस्था भएको बताउनुभयो । एमसीसी अनुमोदन नगर्दा सरकारको संस्थागत दायित्व र कुटनीतिक विश्वासमा असर पर्ने बताउँदै अन्तर्राष्ट्रिय समुदायमा विश्वास कायम गर्न पनि यसअघिको सरकारले गरेको प्रतिबद्धतालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । संसदमा विचाराधीन विषय भएकाले अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो

निर्णय गरी अगाडी बढ्नुपर्ने बताउँदै अर्थमन्त्री खतिवडाले एमसीसी अनुमोदन नभए प्रस्तावित आयोजना सरकारले अन्य स्रोतबाट अगाडि बढाउने बताउनुभयो । एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी-रातामाटे-हेटौंडा ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडी बढाएको छ । आफ्नै स्रोतबाट निर्माण निर्माण सुरु गरिएका

आयोजनामा स्रोत जुटाउन कठिन भएकाले समस्या भएको बताउँदै अर्थमन्त्री खतिवडाले दातृ निकायले लागत उठ्न लामो समय लाग्ने आयोजनामा लगानी नगर्ने बताउनुभयो । मन्त्री खतिवडाले विदेशी सहायतामा निर्भर रहेका आयोजनाहरुमा उनीहरुले राख्ने गरेका सर्तका कारण समस्या हुने गरेको स्वीकार्नुभयो

Leave a Reply