Friday, October 23For your kind information
Shadow

सुवास नेम्वाङ भन्छन: ओलीले राजिनामा दिनुहुन्न जबर्जस्ति गरे पार्टी फुटछ

काठमान्डौ ।

नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व सभामुख अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता सुवासचन्द्र नेम्वाङले अहिले प्रधानमन्त्री तथा अध्यक्ष बाट ओलीले राजिनामा नदिने स्पस्ट पारेका छन् । नेकपाभित्र जारी विवाद सुल्झाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर

संवादमा रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङले यस्तो भनेका हुन् । उनले भनेका छन् मैले यो कुरा साह्रै प्रष्ट शब्दमा भनेको छु । अध्यक्ष परिवर्तन गर्ने ठाउँ भनेको महाधिवेशन हो । हामीले पहिले नै महाधिवेशनको बारेमा गएको केन्द्रीय कमिटीको (माघ १५–१९) बैठकले सर्वसम्मतिले चैतमा गर्ने

भनेका छौं । हामी आफैँले गरेको निर्णय हो । हाम्रोमा नेतृत्वलाई परिवर्तन गर्ने, नयाँ चयन गर्ने भनेको महाधिवेशन हो । जहाँसम्म प्रधानमन्त्रीको कुरा छ, आवधिक निर्वाचन गर्ने, अनि त्यसबाट प्रधानमन्त्रीको चयन हुन्छ । एउटा राम्रो सकारात्मक कुरा के छ भन्दा हाम्रा अध्यक्ष र प्रधानमन्त्री केपी

ओलीजी म कक्षा दोहोर्‍याउँदिनँ भनिरहनु भएको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले भनेजस्तै अलि अगाडि नेतृत्व फेर्ने हो भने अर्ली महाधिवेशन गरौं । निर्वाचनको हकमा त यताउता गर्न मिल्दैन । हामीले अस्थिरताको विरुद्धमा आवाज उठाएर चुनाव जितेर आएका हौं, यो सबै कुरालाई हेक्कामा राखेर अगाडि बढे समाधान निस्कन्छ ।