Wednesday, August 5For your kind information
Shadow

पुन आउने भए दिपक र दिपा ३ करोड लगानी गरेर नयाँ यो नामको चलचित्र बनाउँदै

काठमाडौ ।

सायद अहिले कलाकार दिपक रागी र दिपा श्री निरौला लाई नचिन्ने कोहि हुनुन्न होला । साथै केही समय पहिला दिपा श्री निरौला सामाजिक संजाल मा पनि बिबाद मा आएकी थिइन । उनी बिबाद मा आउने रसस्य माहानायक राजेस हमाल होईन । भन्ने उनको भनाई थियो र बिबाद मा आएकी थिईन । उनी पहिला हास्य टेलिसिरियल तितो सत्य मा धेरै खेलिन ।

नेपाली चलचित्रमा लगातार सफल चलचित्र बनाएर रेकर्ड कायम गरेका छक्का पञ्जा टिमले नयाँ चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शकले निकै रुचाएका थिए ।

चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको छायांकन समेत हुन सकेन । अब भने चलचित्र ‘छक्का पञ्जा ४’ पहिलेको भन्दा फरक कथामा बन्ने बताइएको छ ।

यस चलचित्रको छायांकनका लागि एक वर्ष लाग्ने दीपकराज गिरीले बताएका छन् । यस चलचित्र निर्माणको लागि तीन करोड खर्च हुने अनुमान लगाइएको दीपकराजले बताए । स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ ।

Leave a Reply