Wednesday, August 5For your kind information
Shadow

छिमेकि देशबाट व्यवसायिक फाइदा लिएर मुलुक समृद्ध बनाउन सकिन्छ: भट्टराई

काठमाडौ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन । सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा

मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए । भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिदै उनले छिमेकीलाई चिड्याएर होइन्, उनीहरूसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए । जनता समाजवादी पार्टीका अध्यक्ष तथा

पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढंगले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए । पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री विजयकुमार यादव लगायतले छिमेकी देशसँगको

सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए । विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्ष यादव लगायतले पार्टी प्रवेश गराए । यो खबर नागरिक मा छापिएको छ । श्रोत: नागरिको हेडलाई मा लेखिएको छ:-

छिमेकीबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ: भट्टराई (छिमेकिबाट भन्नू नै छिमेकी देश भारत रास्ट्र हो माथी समाचार मा उल्लेख छ।)

Leave a Reply