Wednesday, August 5For your kind information
Shadow

ओलिलाई अब दुवै पदबाट विदा गर्नुपर्छ ओली भनेको गोमन साँप हो: मन्त्री पुन

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता वर्षमान पुनले अब पार्टीको विधिमाथि कुनै पनि नेता नहुने धारणा राखेका छन् । आफूलाई भेट्न आएका आफ्ना निकट कार्यकर्ताहरुसँग निवासमा मंगलवार कुराकानी गर्दै पुनले मिलाउनका लागि सबै प्रयासलाई प्रधानमन्त्री केपी ओलीले धोती लगाएको बताउँदै

समझदारीमा एउटा पद र वि’वाद कायम भइरहदा दुवै पदबाट विदा दिनुपर्ने मत राखेका छन । सबैसँग सन्तुलन मिलाउन जान्ने पुनले सदा आफ्नो स्वभावभन्दा फरक प्रस्तुति गर्दै भने, ‘केपी ओली भनेको गोमन साँप हो । उसको टाउकामा हानिसकेपछि पनि पुच्छर हल्लिरहेमा फर्केर पनि त्यसलाई

आ’क्रम’ण गर्नुपर्छ । सर्प हल्लेको बचेको सर्पले १२ वर्षपछि पनि आ’क्रम’ण गर्ने व्यक्तिलाई टो’क्न सक्छ । केपीसँग कि आत्मसमर्पण गर्ने नत्र उनलाई नेस्तानावुद गर्नुपर्छ। केपीमा व’दला भाव भएकाले सम्झौता लामो समय नटिक्ने उनको मत रहेको छ । पार्टी फुटाउन सजिलो बनाउने विधेयक र

संवैधानिक आयोगमा नियुक्तिमा प्रतिपक्ष नचाहिने भन्ने अध्यादेशको क्याविनेटमा विरोध गरेपछि आफू सरकारबाट हट्न तयार भएको बताउँदै पुनले अब पार्टीको वहुमत एकातिर र केपीको नेतृत्वमा सरकारमा रहिरहनुले नैतिक प्रश्न खडा भएकाले केपीलाई राजीनामा माग्ने र उनले नदिए तत्काल

आफ्ना पक्षका मन्त्रीहरुले राजीनामा दिनुपर्ने, केपीले हटाएर छाड्नुपरेको अवस्थामा पहलकदमी गुम्ने बताए । केपीलाई एउटा होइन दुवै पदबाट छोडाउनका लागि पार्टीभित्र र वाहिर सशक्त अभियान चलाउनुपर्ने उनको दृढ मत रहेको छ । सबैतिर मिलाउन सक्रिय पहल गरिरहेका ऊर्जामन्त्री वर्षमान

पुनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका वि’रुद्धको यो अभिव्यक्ति र सक्रियताले प्रधानमन्त्री केपी ओली निकै सं’कटमा परेको सहजै अनमाुन लगाउन सकिन्छ । झिल्काे डटकम

Leave a Reply