Wednesday, August 5For your kind information
Shadow

भीम रावलले दिए ओलिलाई एस्तो चेतावनी: सधै बैठकबाट भागेर पार्टी चल्दैन

काठमाडौँ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी संगठनका बैठकमा सहभागी भएर निर्णय गरेर अगाडि बढ्नुपर्ने रावलको भनाइ छ । नेता रावलले पुष्पकमल दाहाल प्रचण्डको पनि साथ छोडेका छन । मंगलवार

प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा रावलले यसको छनक दिएका छन । बैठकमा रावल प्रचण्डमाथि कड्किएका थिए । ओलीसँग तपाई (प्रचण्ड) को हुने पदको झगडामा म सामेल छैन । तपाईहरु पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन । वामदेवको प्रस्ताव राम्रो

छ । पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौं बैठकमा रावलले आक्रोश पोखेका थिए । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सहभागी बैठकले त्यसरी एकतर्फी रूपमा बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय अनुचित भएको निर्णय गरेको थियो ।

त्यस्तै, पार्टीलाई विधि प्रणाली र परम्पराअनुसार बैठक सुचारु गर्नका लागि अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कुरा गर्ने जिम्मा दिएको रावलले बताए । रावलले स्थायी कमिटी बैठक पदसँग सम्बन्धित नभएको कुरा आफूले बैठकमा राखेको बताए । यो बैठक कुनै पदसँग मात्रै सम्बन्धित छैन । यद्यपि पार्टीमा

कुरागर्दाखेरि पदीय जिम्मेवारीको कुरा पनि आउला उनले बैठकमा राखेका कुराबारे भने हामीले पार्टीको विधि प्रणालीको कुरा गर्दा पदको कुरा मात्रै हो भनेर लगियो भने गलत हुन्छ । बैठकमा हामीले राष्ट्रिय सरोकारका विषय, पार्टीको विधि र गन्तव्य नेपालको संविधान पार्टीको नीति र प्रणालीको रक्षाको

कुरा पनि सँगै कुरा उठाएका छौं । पदको लागि मात्रै हो भन्ने बाहिर प्रचार गरियो, यो गलत हो भनेको थिएँ । ’पार्टीमा उठेका विषयको निराकरण बैठकबाट हुनुपर्ने आफूले कुरा राखेको रावलको भनाइ थियो । उनले भने यो दुईजना अध्यक्षको मात्रै विषय होइन सिंगो स्थायी कमिटीको विषय हो । दुईजना मिल्ने बित्तिकै

सबै चिज हुने अरु कोही पनि होइन अरुको अस्तित्व छैन भन्ने प्रकारले नसोचियोस । पार्टीको बैठक महत्त्वपूर्ण हो र बैठकबाट सबै कुरा हुनुपर्छ भनेर कुरा राखेको हुँ । उनले बैठक राष्ट्रिय सरोकारका विषय पार्टीको विधि र गन्तव्य नेपालको संविधान पार्टीको नीति र प्रणालीको रक्षाको विषयमा बहस गर्नका हुनुपर्ने

माग गरे । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपटक र महासचिव विष्णु पौडेलसँग एकपटक वार्ता गरेका रावलले प्रचण्ड गुट छाड्ने निष्कर्षमा पुगेका छन । पार्टीको आगामी बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालसँगै वरिष्ठ नेताहरूबीच हुने कुराकानीले निर्धारण गर्ने रावलको भनाइ थियो ।

Leave a Reply