Wednesday, August 5For your kind information
Shadow

बिहे गरि अमेरिका लैजाने भन्दै केटाहरुलाई दुई युवतीले यतिसम्म गरेको खुलासा

काठमाडौं ।

गम्भीर घटनामा संलग्न भएको भन्दै दुई युवतीलाई पक्राउ गरिएको छ । उनीहरुले आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गरेको खुल्न आएको छ । महानगरीय अप राध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२

घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई नियन्त्रणमा लिएको हो । उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार

ठगी गरेको महाशाखाले जानकारी दिएको छ । ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल क्षेत्रमा लुकिछिपी बसेका थिए । थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ । महाशाखको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले

विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाउँदै आएका थिए । कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै

आएको बताउदै आएकी थिइन् । त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठगी गरेकी थिइन् । उनीहरूले यो तरिकाबाट थप एक लाख ६० हजार समेत ठगेको प्रहरीले जनाएको छ । उनीहरुले यो भन्दा पनि धेरै ठगेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply