Wednesday, August 5For your kind information
Shadow

खुसिको खबर: सम्पुर्ण टिकटक प्रयोगकर्तालाई अब यसरी पैसा दिने

काठमाडौ ।

विश्वभरी नै लोकप्रिय बन्दै आएको एप टकटक अब पैसा कमाउने बाटो बन्ने भएको छ । विश्वका धेरै मानिसले खाता खोलिसकेको टिकटकले अब प्रयोगकर्तालाई पैसा दिने घोषणा गरेको हो । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक

डाउनलोड भैसकेको एपमा पर्दछ । यसका विश्वभर ८० करोड बढी सक्रिय प्रयोगकर्ता रहेको आँकडा छ । नेपालमा पनि यसका लाखौं प्रयोगकर्ता रहेका छन् । टिकटकले राम्रो कन्टेन्ट क्रियट गर्ने प्रयोगकर्तालाई आर्थिक सहयोग गर्ने निर्णय लिएसँगै अब यो कमाउने बाटो भएको हो । राम्रो कन्टेन्ट बनाउने

प्रयोगकर्तालाई त्यसमा आएको भ्यूज र कमेन्काट आधारमा पैसा दिने निर्णय टिकटकले गरेको छ । त्यसका लागि अमेरिकामा २ सय मिलियन डरको कोष बनाएको सीएनएनले जनाएको छ । हाल यो योजना अमेरिकामा मात्र लागु हुनेछ। पछि यो विश्वभरी पुग्नेछ । टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा

वैनेसाले एक ब्लगमा यसको जानकारी दिएका हुन । उनले भनेका छन्, राम्रो कन्टेन्ट बनाउने उत्कृष्ट प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाइएको हो। यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु

गरिनेछ । तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बोरे भने केही खुलाएको छैन । प्रयोगकर्ताले आफ्नो खातामा बैक खाता जोड्नुपर्नेछ । उक्त खातामा टिकटकले सजिलै पैसा जम्मा गरिदिनेछ । सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

Leave a Reply