Thursday, October 22For your kind information
Shadow

ओलीलाई अर्काे संकट: लिम्पियाधुरामा नेपाली नपठाउन भारतको पत्र

काठमाडौं ।

नेपालले आफ्नो भूमि दावी गर्दै मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेको भूमि लिम्पियाधुरामा नेपालीलाई नपठाउन भारतले पत्राचार गरेको छ । गत मे २०मा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गर्दै सार्वजनिक

गरेको थियो । सो क्षेत्रमा रहेका भारतीय क्याम्प हटाउन नेपाल सरकारलाई नागरिकस्तरबाट दवाव परिरहेको छ । तर, यही बेलामा सो क्षेत्रमा अनधिकृत रुपमा नेपाली प्रवेश गरेको भन्दै रोक्न भारतले नेपाललाई पत्राचार गरेको छ । नक्सा जारी गरेर आफूलाई राष्ट्रवादी नेताको रुपमा उभ्याउने प्रयासमा रहेका

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि एक इन्च पनि नछोड्न बताइरहेका बेला आफ्नै भूमिमा प्रवेश गर्न नेपालीलाई रोक लगाएको पत्र भारतले पठाएको हो । कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको जिल्ला प्रशासन

कार्यालय दार्चुलालाई पत्राचार गरेको हो । सो पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गरिएको छ । ‘बिभिन्न नेपाली गुट-समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र

दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला’ सो पत्रमा उल्लेख गरिएको छ ।