Tuesday, October 27For your kind information
Shadow

जति खोके पनि आखिर देश बिकास गर्ने कांग्रेस र तरुणले होः जितजंग बस्नेत

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कांग्रेसलाई ठूलो दल बनाउने दायित्व तरुणहरूको काँधमा आएको बताएका छन् । नेपाल तरुण दल धादिङले धादिङबेसीमा ‘तरुण आवाज’ नामक किताबको शुक्रबार विमोचन गर्दै अध्यक्ष बस्नेतले तरुणहरूलाई पार्टीको क्रियाशील सदस्यता दिएर बलियो बनाउनुपर्ने बताए । उनले अहिले कायम रहेको क्रियाशील

सदस्यतामा पचास प्रतिशत क्रियाशील सदस्यता थप गर्न सकिने बताए । पार्टीलाई बलियो बनाउन पचास प्रतिशत क्रियाशील सदस्यता बनाएर ल्याउनुछ उनले भने, कांग्रेसले मुलुकका सबै परिस्थितिको सामना गर्न सक्छ । हिजोका दिनमा चुनौति र परिस्थितिको सामना गरेर आएको छ । कांग्रेसले दुई पटक संविधान बनायो । राणा फाल्यौँ हामीले । राजा फालियो

हामीले अध्यक्ष बस्नेतले भने, जंगलमा रहेको माओवादीलाई ल्याउने हामीले । शेरबहादुर देउवाको पालामा चुनाव गरेको हामीले हो । कम्युनिस्टले नसकेपछि संविधान कांग्रेसकै नेतृत्वमा बनेको हो । उनले भने, कम्युनिस्टले जति नै खोके पनि । जति नै भने पनि नेपाली कांग्रेस, राष्ट्रियता प्रजातन्त्र र लोकतन्त्रको लागि हिजो पनि लडेको हो । आज पनि लड्छ ।

भोलिका दिन पनि लड्छ । न हिजोका दिनमा घुँडा टोक्यौं । न आजको दिनमा कांग्रेसले घुँडा टेक्छ । भोलिका दिनमा पनि घुँडा टेक्ने छैन । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जीवन आहुती दिन तयार छन्’ उनले भने, हाम्रा पुर्खाहरू यो देशमा लोकतन्त्र र प्रजातन्त्र ल्याउनका लागि २०/२५ वर्ष जेल जीवन बस्नु भयो । सम्पत्ति सरकारी करण भए । मान्छे काटिए,

कति मा रि ए । राणकालमा मात्रै होइन माओवादी द्वन्द्वकालमा हाम्रा मान्छे नै मारिए, माओवादीले नेपाली कांग्रेसलाई भन्दा कसलाई मार्यो त ? कोही पनि मारिएनन् । आजका दिनमा विप्लव भन्ने कम्युनिस्टहरू छन् नि उनीहरू भोलिका दिनमा जंगलमा गए भने पनि तपाइँ हामीलाई नै हो हान्ने’ उनले भने, ‘उनीहरूले न प्रचण्डको कार्यकर्तालाई हान्छन् न केपी

ओलीको कार्यकर्तालाई हान्छन् । कम्युनिस्टसँग एक दिन हामीले लडाइँ लड्नु नै छ । उनले भने, राष्ट्रमा कांग्रेसभन्दा ठूलो प्रजातन्त्र अरु हुन सक्दैन । कम्युनिस्टहरूसँग लडेर देशमा पूर्ण प्रजातन्त्र ल्याउनु छ । नेपाली कांग्रेस भनेको सबै जातजाती भाषाभाषीलाई सम्मान गर्ने पार्टी हो’ अध्यक्ष बस्नेतले भने, ‘हिमाल, पहाड, तराईको किन नहोस् सबैलाई एकताका साथ

सम्मान गर्ने कांग्रेसले नै हो । कांग्रेसको समाजवादी चिन्तनले नै ती सबै जातजाती भाषालाई एकताबद्ध बनाएको छ । म ठोकेर भन्न सक्छु समृद्ध नेपाल बनाउने अभियान कांग्रेसले भन्दा अरु कसैले गर्न सक्दैन’, उनले भने, ‘आजको दिनमा देशलाई समृद्ध गर्ने हो भने नेपाली कांग्रेसले भन्दा अरु कसैले गर्दैन । यो देश धनी बनाउने नेपाली कांग्रेस बाहेक कसलै गर्न सक्दैन ।

सबैलाई धनी बनाउने भनेको नेपाली कांग्रेसले मात्रै हो’, उनले भने, ‘कम्युनिस्टले जति नै ठूलो कुरा गरे पनि ती खोक्रो कुरा हो । खोक्रो नारा हो । भोलिका दिनमा राष्ट्रियताका नारा आउलान् । ३/४ महिनापछि को राष्ट्रिय व्यक्ति रहेछ । कसले अ–राष्ट्रिय काम गरेको रहेछ’, तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘को कसको एजेन्ट रहेछ भन्ने कुरा तपाईले ३/ ४

महिनापछि थाहापाइहाल्नु हुनेछ । नेपाली कांग्रेसलाई बलियो बनाउने भनेको महाधिवेशन हो । महाधिवेशन बाट अझै धेरै साथीहरूलाई ल्याएर एकजुट बनाएर, एकताबद्ध भएर हामीले नेपाली कांग्रेसलाई ठूलो बनाउने अभियानमा हामी छौँ’,  कांग्रेसलाई बलियो बनाउनेभन्दा अर्को कुनै चिन्तन छैन । कम्युनिस्टसँग बौद्धिक र सडकमा लड्न तरुण दल तयार छ ।