Friday, October 30For your kind information
Shadow

गगनको कडा आक्रोसः महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर (फोटो सहित)

काठमाडौं ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले महिला र पुरुषबिचको बिभेद हटाउनुपर्ने विचार ब्यक्त गरेको छन् । उनले महिलाको गीतबाट धर्म मासिने डर!, महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर! महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर !

महिलाको गीतबाट धर्म मासिने डर! भन्ने समाजका छलफलहरु ‘डर’ सामाजिक रोग भएको बताउँदै त्यस्ता कुरीतिहरु हटाउनुपर्ने सामाजिक सञ्जालमार्फत उनले बताएका छन् । नेता थापाले भनेका छन्, ‘समस्या गीत वा पहिरनमा हैन, डराउनेमा छ त्यसैले उपचार पनि ‘डराउने’ हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ।’

उनको स्टाटस जस्ता को तेस्तै:-

महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर !

महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर !

यो ‘डर’ सामाजिक रोग हो ।

समस्या गीत वा पहिरनमा हैन, डराउनेमा छ त्यसैले उपचार पनि ‘डराउने’ हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ ।