Wednesday, August 5For your kind information
Shadow

दुर्गेश थापालाई आस्था लगाईन यस्तो आरोप भन्छिन: “न सुर न न ताल”

काठमाडौ ।

पछिल्लो समय गीत संगितको नाममा भित्रिरहेको विकृति विसंगतिप्रति गायिका आस्था राउतले असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले दर्शकले पनि विकृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । स्पष्ट रुपमा नाम नखुलाए पनि उनको निशाना

पछिल्लो समय ‘बिच्च बिच्च’ मा गीतबाट चर्चामा रहेका दुर्गेश थापाप्रति रहेको देखिन्छ । केहि दिन अघिदेखि गायक तथा मोडल दुर्गेश थापा एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सिकार भएका छन् । उक्त कार्यक्रममा गायक थापाले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए भने

रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीतलाई उनले यम बरालको भनेर गाएका थिए । दुर्गेशको यहि विवादित अन्तरवार्तापछि नै आस्थाले उक्त स्टाटस राखेकी हुन् । जहाँ लेखिएको छ:-

नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ, अटो ट्युनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ? युटुबबाट डलर त आउला.. तर म्युजिकल ज्ञान कहाँबाट छाउला !! हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ.. के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?? हैट, अब के चाहिँ गर्नु !! केहि बोल्नु कि नबोल्नु ??

Leave a Reply