Thursday, October 29For your kind information
Shadow

युवा नेताहरुकै भेलामा गगनले दिए सभापति लडने स‌ंकेत के पूरा होला त ?

काठमाडौ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले आगामी महाधिवेशनबाट सभापतिमा उठ्ने संकेत दिएका छन् । नेपाली कांग्रेसकै युवा नेताहरु सहभागी भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले कि तपाईहरु लड्नुहोस कि मलाई सहयोग गर्नुहोस भन्दै सभापति पदमा

उठ्ने संकेत दिएका हुन् । प्रजातान्त्रिक विचार समाजले गरेको नेपाली कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताहरुको संगठित प्रयास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले भने: अबको महाधिबेशनमा जो सभापतिमा उठेर जित्छ उसले आमनिर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन नसके

राजीनामा दिनुपर्छ । कार्यक्रममा नेता थापाले सभापति जो आएपनि पार्टीलाई बहुमत दिलाउने एजेण्डा बोक्न तयार हुनुपर्ने बताएका हुन् । थापाले युवा नेताहरुप्रति कांग्रेसका लाखौं कार्यकर्ताहरुको भरोसा रहेको भन्दै आफ्नो पुस्ताबाट कसैले नेतृत्वमा दावी गरे सहयोग गर्ने बताए । ‘विगतमा मेरो

पुस्ताबाट म महामन्त्री लडेको थिए सफल भइन । अब मेरो पुस्ताबाट कोही सभापति लड्नुहुन्छ भने म सहयोग गर्छु , होइन भने म लड्न तयार छु के तपाई सहयोग गर्न तयार हुनुहुन्छ रु’, थापाले भने । कार्यक्रममा कांग्रेस नेताहरु एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुंग, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, पुष्पा भूषाल, किरण यादव, बद्री पाण्डे, जीवन परियार लगायत उपस्थित थिए ।