Saturday, October 31For your kind information
Shadow

माधव नेपाल भन्छन: कसैले पार्टी फुटाउछु भन्दैमा थरथर काँपिन्न पूरा हेर्नुहोस

काठमाडौं ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कसैले पनि फुटाउन नसक्ने दाबी गरेका छन् । नेकपाभित्र विवाद चर्किएका कारण एक महिनादेखि स्थायी कमिटी बैठक निर्णयविहीन बनिरहेका वेला नेपालले पार्टी फुटाउन खोजे व्यक्ति मात्र चोइटिने अवस्था रहेको बताए ।

पुष्पलाल स्मृति दिवसका असरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपालले भने, ‘पार्टी फुटाएर आन्दोलनलाई समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस् । कम्युनिस्ट पार्टी फुट्दैन, फुट्नेवाला छैन । कसैले चोइट्याउन खोजे एक्लिन्छ । ’कसैले पार्टी फुट्छ भन्दा थरथर काम्नुपर्ने

अवस्था नहरेको उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टी अघि बढ्ने र जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने बताए । उनले विधि र पद्धतिले विचारको पनि टुंगो लगाउन र संगठनलाई सुचारु गर्न सकिने उल्लेख गरे । ‘म नै राज्य भन्ने, सर्वाेपरी ठान्ने, आफूलाई केन्द्रबिन्दुमा राख्ने, अहंकारको भावनाबाट

चल्न थाल्यो भने व्यक्तिको पतनबाहेक केही हुँदैन,’ उनले भने । उनले अहंकारबाट जोगिन र आन्दोलनको हितमा नयाँ शिराबाट अघि बढ्न संकल्प गर्नुपर्ने बताए । उनले हाल पार्टीभित्र देखिएका समस्या बसेर छलफल गरेर हल गर्ने प्रयास भइरहेको जानकारी दिए । ‘हाम्रा लागि विधि, नीति, पद्धति

मुख्य कुरा हो । सामूहिक निर्णय परिपालना गर्ने लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी विधानमा लेखिएको बहुमतको निर्णय सबैले शिरोपर गर्नुपर्छ,’ उनले भने, ‘बहुमतको निर्णय मान्दिनँ भन्ने कसैले छुट पाउँदैन । कसैले पनि आफैँलाई अपरिहार्य नठानौँ ।’ उनले सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने र कमजोरी सुधार गर्नुपर्ने बताए ।