Friday, October 30For your kind information
Shadow

साउदीमा अलपत्र नेपालि भन्छन १० दिनदेखि भोकै छु रोडमै सुतेको छु दूतावासले वास्तै गर्दैन

काठमाडौ ।

आज हामिले एक निकै नै मन छुने एक बिदेश मा अलपत्र नेपाली को भिडियो लिएर आएका छौ । यो भिडियो उनले स्वयम आँफै बनाएर हामिलाई फेसबुक कमेन्ट मार्फत दिनुभएको छ । उहाँ साउदी अबर मा अलपत्र परेर बस्नुभएको जान्कारी दिनुभएको छ ।

उहाँ भिडियो मा भन्नुहुन्छ मैले आज खाना नखाएको करिबन १० दिन भयो । मलाई नेपाल पनि पठाउन मान्दैन म रात दिन नेपाल राजदुतावास बाहिर गएर बस्छु मलाई भित्र जान पनि दिदैन यहि दूतावास को रोड मा सुतेको छु । म सुतेको बेला कसैले मलाई पलास्टिक मा खाना लिएर राख्दिन्छ ।

म तेहि खाएर बसेको छु । दूतावास ले मलाई एक बोतल पानी पनि खा भनेर दिदैन । म निकै दुख मा परेको छु मलाई सहयोग गर्ने पनि कोहि भएनन । म मेरै आफ्नो देश फर्कन चाहान्छु भनेर भिडियो मा बताउनुभएको छ । हामिले उँहाको थोरै भिडियो पनि देखाउने छौ ।

कोहि साउदी मा मनकारी नेपाली दाजु भाइ तथा दिदी बहिनी हुनुन्छ भने पनि उँहालाई सकेको सक्दो सहयोग गर्नुहोला । उहाँको नाम अनिल मिया घर स्याङ्जा नगरपालिका वडा ११ रहेको बताउनुभएको छ । उहाँको मोबाइल नम्बर 009660572715302 रहएको छ । उहाँको भिडियो हेर्न यहाँ किल्क गर्नुहोला ।