Wednesday, October 21For your kind information
Shadow

प्रधानमन्त्रीले माफी नमागे भारतबाट सबै नेपालीलाई लखेटने चेतावनी

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको बयानले आक्रामक मोड लिने देखिएको छ । भगवान रामको जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका दिन दिएको बयानले नेपाल र भारतमा चर्को बहस कठोर मोडतर्फ मोडिएको छ । उनले दिएको बयानले भारतमा ब्यापक आक्रोश बढाएको छ । ठाउँठाउँमा सन्त महन्थ समाजले प्रदर्शन

गरिरहेको छ । आफूलाई रामको वंशजका रुपमा चिनाउनेहरु पनि नेपालविरुद्ध एक्सनमा उत्रिएका छन । इन्दौरका सन्त महन्थहरुले नेपालका प्रधानमन्त्रीले बयान फिर्ता लिएर माफी नमागे भारतमा रहेका सबै नेपालीलाई लखेटेर नेपाल पठाउने चेतावनी दिएका छन । इन्दौरमा बिहीवार ‘कम्युटर बाबा’को नेतृत्वमा विरोध प्रदर्शन भएको थियो । उनीहरुले प्रधानमन्त्री

ओलीको पुत्ला जलाएका थिए । प्रदर्शन कार्यक्रममा कम्प्युटर बाबाले नेपालका प्रधानमन्त्री बयान फिर्ता लिएर माफी मागेनन् भने भारतमा रहेका नेपालीलाई लखेट्ने चेतावनी दिए । ‘सन्त समाजले ओलीको पुत्ला बनाएर जुत्ता वर्षाएको छ । पुत्ला दहन गरेको छ । नेपालको प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ । अन्यथा पुरा सन्त समाज सडकमा

उत्रिनेछ। यदि तपाईले अयोध्यामै राम छन् भन्ने कुरा भन्नुभएन भने भारतमा रहेका सबै नेपालीलाई लखेटिनेछ । नेपाल पठाइनेछ । यहाँ रोटी खाइरहेका छन्, कमाइरहेका छन्, अनि कुरा नेपालको गरिरहेका छन्, ’कम्प्युटर बाबाले भने । चीनको इशारामा ओलीले भारतको अयोध्यामा दावी गरेको आरोप लगाउंदै भनेका छन्, ‘त्यसकारण नेपालका

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ । अन्यथा भारतको पुरा सन्त समाज एकसाथ सडकमा उत्रिनेछ । एक जना पनि नेपालीलाई यहाँ रहन दिन्नौं । सबैलाई नेपाल लखेट्छौं । होइन भने आफ्नो वक्तव्य फिर्ता लिएर भारत र सन्त समाजसँग माफी माग्नुस, ’कम्प्युटर बाबाले दोहोर्याए । यता आफूलाई भगवान रामको वंशज दाबी गर्ने अधिवक्ता

अजित रघुवंशीले प्रधानमन्त्री ओलीको विवादित बयानमा दिल्लीस्थित दूतावास र प्रधानमन्त्री निवास बालुवाटारलाई लिगल नोटिस पठाएका छन । उनले प्रधानमन्त्री ओलीको बयानलाई सत्यहिन र अशोभनीय भनेका छन । १५ दिनभित्र नोटिसको जवाफ नदिए अदालत जाने चेतावनीसमेत दिएका छन ।