Wednesday, August 5For your kind information
Shadow

१५ बर्षीय शिशिर भुसाल भन्छन, म बाँच्न चाहान्छु, तपाईहरुको सानो सहयोग मेरो लागि पुर्नजीवन हुनेछ ।

काठमाडौ । कपिलवस्तु, बुद्धभूमी नगरपालिका वाड न. १ का मेघराज भुसालका जेठो छोरा शिशिर भुसाल उमेरले मात्र १५ बर्षका छन् । उनलाई पहिले ब्लड क्यान्सर भयो । उपचारका लागि सबै घर खेत सकियो । अहिले फेरी उनैलाई टाउकोमा जटिल समस्या देखा परेपछि चितवन हस्पिटलमा भर्ना भै उपचार भइरहेको छ ।

त्यहाँ उपचारका क्रममा आर्थिक स्थिति कमजोर भएकाले अपुग भएको छ । भएको सम्पती पनि यसअघिको उपचारका क्रममा सकिएकोले उपचार गर्नको लागि आर्थिक अभावले गर्दा रोकिएको र उहाँले हामी सबै सङ सहयोगको लागि अपिल गर्नु भएको छ ।

उहाँले म बाँच्न चाहान्छु । तपाईको सानो सहयोग मेरो लागि पुर्नजन्म हो भन्दा कसको मन नपग्लिएला भनेर सहयोगका लागि हामिले यो पोष्ट गरेका छौ । यो समाचार हैन । सामाजिक उत्तरदायीत्व अन्र्तगतको सहयोगको अपिल हो । आशा छ प्राविधिक रुपमा सहयोग गर्न सक्नेले सहयोग गर्नुहुनेछ । टाढा हुनुहुन्छ चाहेर पनि आर्थिक सहयोग गर्न सक्नुहुन्न भने नजिकका र सम्भव हुने सहयोगी मनसम्म पुर्याउँन सेयर गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।

जिल्ला कपिलवस्तु, बुद्धभूमी नगरपालिका वाड न. १ निवासी हाम्रै छिमेकी दाजु मेघराज भुसालको जेठो छोरा भाइ शिशिर भुलाल (उमेर १५ बर्ष) पहिले Blood cancer भइ निको भएका र अहिले फेरि टाउकोमा जटिल समस्या देखा परेको हुदा चितवन हस्पिटलमा भर्ना भै उपचारको क्रममा रहेको र आर्थिक स्थिति कमजोर भएको हुदा , केही भएको सम्पती पनि #Blood_cancer को उपचारको क्रममा सकिएकोले उपचार गर्नको लागि आर्थिक अभावले गर्दा रोकिएको र उहाँले हामी सबै सङ सहयोगको लागि अपिल गर्नु भएको हुदा तपाईं हामिले जहाँ बाट जति सकिन्छ सहयोग गरि उनको उपचारमा सहयोग गरि दिनुहुन अनुरोध गर्दछु ।

सम्पर्क
बुबा:- मेघराज भुसाल:९८५७०६६५८४
NMB bank account number:0440028869200012
अंकल :- राम प्रसाद भुसाल
सम्पर्क : ९८५७०५१५१५८४

Leave a Reply