Monday, October 26For your kind information
Shadow

मनिषा भन्छिन: विदेशी बुहारीलाई ७ वर्ष पछि नागरिकता दिने निर्णय सही छ

काठमाडौ ।

गत केही महिना पहिला सामाजिक संजाल मा निकै नै चर्चा मा आएकी मनिषा हाल नेपाल आएकी छिन उनले केही महिना पहिला नेपाल लाई सपोर्ट गर्दै उनले आफ्नो टुईट मार्फत नेपाल मा रहेको लिपुलेख, कालापानी र लिम्पुवाधुरा बारे सरकार ले धेरै राम्रो काम गरेको छ भन्दै टुईट गरेकी मनिषा कोईराला भारत मा बिरोध गरेका थिए ।

चर्चित नायिका मनिषा कोइरालाले विदेशी बुहारीलाई ७ वर्ष पछि नागरिकता दिने सरकारको निर्णय सही रहेको बताएकी छिन् । अंगिकृत नागरिकताका विषयमा चलिरहेको बहसबीच अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । राजनीतिक परिवारको सदस्य मनिषा यस अघि राजनीतिक विषयमा त्यती बोल्ने

ब्यक्ति होइनन् । तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनले टिप्पणी सार्वजनिक गर्न लागेकी छन् । हालै अंगिकृत नागरिकका विषयमा सरकारले गरेको निर्णयको मनिषाले स्वागत गरेकी छन् । विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको

नागरिकतासम्बन्धी विधेयक संसदवाट पनि पारित भएको हो । उनले भनेकी छन् । यो विश्वका अधिकांश देशमा प्रयोग गरिएको ब्यवस्था हो । नेपाललेपनि यही गर्न लागेको प्रति स्वागत गर्दछु ।