Saturday, October 24For your kind information
Shadow

आफु पनि नजान्ने अरुको कुरा नसुन्ने ओलीले गर्दा देश बर्बाद भयो: डा.बाबुराम

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेको संज्ञा दिएका छन । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले आफु पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका हुन ।

भट्टराईले संकटको बेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताए। ओलीले सङ्कटका बेला जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड गरिरहेको पनि आरोप लगाए ।

यस्तै उनले सत्तारुढ नेकपा भित्रको विवादका कारण देश नै बर्बाद हुने अवस्थामा पुगेको पनि बताए। सङ्कटको समयमा सत्ताको भागबण्डामा महिनौं बर्बाद गरेर सरकारले देश र जनताको जीवनमाथि खेलवाड गरेको उनको बुझाई छ ।