Thursday, October 22For your kind information
Shadow

राहुल गान्धीले भने – नेपाल रिसाएको छ, गएर कुरा गर्नूस्

काठमाडौं । भारतको नेपालसहितका अन्य मुलुकको सम्बन्धका बारेमा भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी र विदेशमन्त्री एस जयशंकरबीच सवाल-जवाफ भएकाे छ ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता गान्धीले ट्‍विटरमार्फत सार्वजनिक गरेको एक भिडियामा पाकिस्तानबाहेक अन्य छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएको तर अहिले बिग्रिएको बताएका छन् ।

उनले नेपालको प्रसंगमा भनेका छन्, “अहिले नेपाल हामीसँग रिसाएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रुद्ध छन् ।”

त्यसको जवाफमा भारतीय विदेशमन्त्री एय जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी शासनमा आएपछि नेपालसँग विकासका विभिन्‍न क्षेत्रमा साझेदारी भएको बताएका छन् ।