Saturday, October 31For your kind information
Shadow

प्रधानमन्त्री ओलीले यातायात व्यवसायीलाई भने ढुक्क हुनुहोस्, सरकारले माग पुरा गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यातायात व्यवसायी र मजदूरको माग पुरा गर्ने बताएका छन् ।

बिहिबार यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका चारवटा संगठनका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका हुन् ।

भेटमा उनले सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिए ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको उपस्थिति थियो ।