Friday, October 30For your kind information
Shadow

भारतलाई झट्का दिँदै चीनको पक्षमा पुग्यो इरान, भारत तनावमा

काठमाडौं ।

चाबहारको सामरिक रुपले अहम रेल प्रोजेक्टबाट भारतलाई बाहिर गरेपछि इरानक चीनको साथमा पुगेको छ । यससँगै भारतको त’नाव बढेको छ । बुधबार इरानले चीनको बेल्ट एण्ड रोड तथा चीन–पाकिस्तान आर्थिक करिडोरको समर्थन गरेको छ । द एक्सप्रेस ट्रिब्युनका अनुसार भारतले इरानको

चाबहार बन्दरगाहलाई चीन पाकिस्तान आर्थिक करिडोर अन्तर्गत बनाइएको ग्य दर बन्दरगाहको जवाफको रुपमा लिने गरेको छ । तर, यसबाटै इरानले भारतलाई निकालिदिएपछि अहिले भारत तना’वमा छ। पाकिस्तानका लागि इरानी राजदूत सैयद मोहम्मद अली हुसैनीले बीआरआइ र सीपीइसी चीन, इरान र

पाकिस्तानसहित पूरै क्षेत्रको लागि लाभदायक भएको बताएका छन् । भारतलाई चाबहार रेल प्रोजेक्टबाट बाहिर निकालेसँगै इरान चीनसँग ४ सय अर्ब डलरको सम्झौतामा अगाडि बढिरहेको छ र चीनका परियोजनालाई खुलेर समर्थन गरिरहेको छ । इरानी राजदूत हुसैनीले भारतको नाम नलिइ भारतलाई

निशाना बनाए । उनले चाबहारको रेल प्रोजेक्टमा भारतबिना नै काम सुरु गर्ने निर्णयको बचाउ गर्दै भने ‘जब कुनै देशका सरकारले इरानसँग आफ्नो सम्बन्धबारे चासो देखाइरहेका छैनन् र सामान्य छलफलको लागि पनि उनीहरुलाई अरुको अनुमतिको आवश्यकता पर्छ भने उनीहरु लामो समयसम्म साझेदारीमा कसरी काम गर्न सक्छन् ?’ हुसैनीले बीआरआइ र

सीपीइसीको खुलेर प्रशंशा गरे । यसलाई इरानको विदेश नीतिमा परिवर्तनको संकेत पनि मानिएको छ । इरानी राजदूतले भने ‘निश्चित रुपमा बेल्ट एण्ड रोड परियोजना र चीन–पाकिस्तान आर्थिक करिडोर क्षेत्रीय विकासको लागि उपयुक्त मञ्च हुन्, खासगरी इरान, पाकिस्तान र चीनको लागि ।

विकासको यो मोडल केवल हाम्रो लागि नभइ क्षेत्रका अन्य देशका बीच सहयोगको पनि एक मोडल हो । रिपोर्टमा जनाइएअनुसार इरानले चाबहार रेल परियोजनामा भारतको तर्फबाट फण्डिङमा ढिलाइ भएको भन्दै एक्लै काम सुरु गरेको हो । रेल परियोजनाबाट भारतलाई बाहिर निकालेसँगै इरानले चीनसँग २५ वर्षको लागि ४०० अर्ब डलरको रणनीतिक साझेदारी गरेको छ । यो साझेदारीसँगै भारतको त’नाव बढेको छ ।