Saturday, October 24For your kind information
Shadow

अमेरिकी अनुसन्धानकर्ताहरुले भने ‘खुसीको खबर सुनाउँदैछौ’

कोरोना भाइरसको भ्याक्सिन निर्माण गर्न विश्वका धेरै देशका वैज्ञानिकहरु लागि परेका छन् । तर भरपर्दो औषधि उत्पादन भइनसकेको अवस्थामा अमेरिकाले भने ठूलो सफलता हात लगाएको दावी गरेको छ । जुन वैज्ञानिकहरुले आशा गरे भन्दा बढी सफलता मानिएको छ ।

‘अब यो भ्याक्सिनको प्रभावित भएकाहरुमा परीक्षण बाँकी रहेको छ’ अमेरिकाका महामारी रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले एसोसिएटेड प्रेससंग भने ‘ जति नै काँटछाँट गरेर हेरे पनि यो एउटा खुसीको खबर हो । ’ नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडेरना इन्कमा डा. फाउचीसहितको सहकर्मीले यो भ्याक्सिनको विकसित गरेका हुन् ।

अब २७ जुलाईदेखि यो भ्याक्सिनको महत्वपूर्ण प्रभाव शुरु हुनेछ । तीस हजार संक्रमितमा यो भ्याक्सिनको प्रयोग गरिनेछ र त्यसपछि कोरोना भाइरस कोभिड १९ विरुद्ध यो भ्याक्सिनले मानव शरीरलाई बचाउन सक्छ सक्दैन भन्ने अहम सवालको जवाफ तत्काल पाइने छ ।

मंगलबार केही शोधकर्ताले ४५ मानिसमा यस्को परीक्षण गरेका छन् । जस्को नतिजाको व्यग्र प्रतीक्षा भइरहेको पनि बताइएको छ । प्रयोग गरिएका स्वयंसेवकहरुलाई यो भ्याक्सिन दिएपछि उनीहरुको शरीरमा न्यूट्रालाइजिङ एन्टीबडी विकसित भएको पाइएको छ ।

जुन एन्टीबडी इन्फेक्सन रोक्नका लागि अहम मानिएको छ । अनुसन्धान टोलीले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा लेख अनुसार भ्याक्सिन दिइएका स्वयंसेवकको रगतमा उत्तिनै एन्टीबडी पाइयो जति कोभिड १९ बाट ठीक भएका विरामीको शरीरमा पाइइएको छ ।

अझै पनि यस्को असरको प्रत्याभूति त भइसकेको छैन । जुन अन्तिम नतिजाले देखाउने छ । तर अमेरिकी सरकारले यो आशा राखेको छ यस्को परीक्षण र प्रभाव यो बर्षको अन्तसम्ममा पूरा हुनेछ । तर आशलाग्दो पक्ष भने भ्याक्सिनको प्रभाव तीब्र गतिमा देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यो भ्यक्सिनको दुई खोप एक महिनाको अन्तरमा दिइने छ । र, यो भ्याक्सिनको कुनै साईड इफेक्ट भने देखिएको छैन ।