Tuesday, October 27For your kind information
Shadow

यी हुन लोकसेवामा छोरीलाई पास गराउन आफैं उत्तर लेखिदिने अधिकृत शाही

काठमाडौं ।

यो माथिको तस्बीरमा देखिने व्यक्ति लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाही हुन । यिनै शाहीले आफ्नी छोरीलाई लोकसेवा परीक्षामा पास गराउन आफैं उत्तरपुस्तिकामा लेखिदिएको रहस्य खुलेको छ । ११ जेठ २०७६ मा नेपाल

वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई पास गराउन उनले छोरीको उत्तरपुस्तिकामा आफैं थपघट गरेका हुन । शाहीले आफ्नी छोरीलाई पास गराउन निक्कै चनाखीपूर्ण तरिका अपनाएको पाइएको छ । अधिकृत शाहीले (अब्जेक्टिभ) वस्तुगत

परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेको अध्ययनबाट खुलेको छ । बुवाको निर्देशन अनुसार उनकी छोरीले पनि त्यसै गरेकी थिइन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर

सच्याउँदै ५० वटा प्रश्नमा ५० वटैको सही उत्तर मिलाईदिएका थिए । उनको प्राप्ताङ्क अस्वाभाविक लागेपछि आयोगले छानबिन समिति बनाएर पुनः चेक गर्दा यस्तो रहस्य पत्ता लागेको थियो । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरिसकेको आयोगले जनाएको छ ।

यसरी बदमासी गर्ने शाहीलाई भने सामान्य कारबाही मात्र गर्ने तयारी छ । उनलाई हाल दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको पाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्का गर्ने तयारी छ । उनकी छोरीको भने उत्तर पुस्तिका भने रद्द गरिएको छ ।

सामाजिक सञ्जालहरुमा भने उनलाई भविष्यमा नै सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्नुपर्ने माग उठिरहेको छ ।