Tuesday, October 27For your kind information
Shadow

फलेवास नगरपालिकाको आस्तित्तो र रणनीति: अमृत रिजाल

पर्बत ।

फोटो: अमृत रिजाल

पर्वतको फलेवास नगरपालिका यानिकी मेरो फलेवास नगरपालिका पर्यटनको हिसाबले निकै महत्त्वपूर्ण छ । यस फलेवास नगरपालिका का रमणीय स्थानहरु डहरेको लेक,घण्टेको मन्दिर,लिमिकोट तथा अन्य रमणीय स्थानहरुले भरिपुर्ण भएता पनि नगरपालिकाको अस्तित्व धरापमा पर्ने

खतरा देखिएको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्मा देखि नजिक पर्ने फलेवास नगरपालिका संभवत सडक संजालले नछोएको वडा र गाउँ टोल बिल्कुलै होलान तर जति सडकले छोएपनी बिकास भने कहि कतै देखिदैन देखिएको छ त बिनास मात्र। बैकल्पिक मध्यपहाडी राजमार्ग भनिएता पनि

पोखरा,स्याङ्जा,नौडाडा,सेतिदोभान,कार्किनेटा थापाठाना, शंकरपोखरी, फलेवास, जैमुनिहुदै बागलुङको पश्चिम् क्षेत्र जोड्ने बाटोको हबिगत पहिलेको जस्तै छ । फलेवास नगरपालिकाका विभिन्न ठाउमा बाटोको हालत गाई बस्तु डोराउने गोरेटो जस्तो छ्न ।त्यसमा कसैको चासो देखिएको छैन ,बर्खा

लागेसङै बजेट सक्ने ध्याउन्नले जथाभावी बाटो खन्नाले गाउँ बस्ती जोखिममा परेका छन भने दर्जनौ घर परिवार पहिरोको चपेटोमा परेका छन ।फलेवास नगरपालिका भित्र यति बर्षमा यती बाटो कालेपत्रे गरिने छ भनेर रोस्टममा र किताबमा भनिएता पनि ब्यबहारमा लागू भएको देखिदैन। ३ बर्ष यता गत

बर्ष ५ किलोमिटर बाटो मात्र कालोपत्रे भएको छ । यस बर्ष लमाए खोला देखि ठानामौला सम्मको बाटो कालोपत्रे गरिदै छ । एक त नगरपालिकाको केन्द्र अपायक त्यस माथी अहिले पालिकाको केन्द्र सारिदै छ भन्ने सुन्नमा आएको छ । नगरपालिकाको १,२,३ नम्बर वार्डका जनतालाइ अहिलेकै ठाउमा आफैमा पायक पर्दैन त्यसमाथी फेरि केन्द्र अझ अपायक ठाउमा सारिदै छ ।

अमृत रिजाल

पर्वत