Tuesday, October 27For your kind information
Shadow

पुन खोल्यो चार वटा बाहेक अन्य भारतीय च्यानलहरु

काठमाडौ ।

नेपालमा प्रसारण बन्द गरिएकाे भारतीय टिभी च्यानलहरू माथिकाे बन्देज फुकुवा गरिएकाे छ । केवल अपरेटरहरूले ४ वटाबाहेक अन्य भारतीय च्यानलकाे प्रसारण खुलाएका हुन् । आइतबार केवल अपरेटरहरूको बैठकले भारतीय समाचार च्यानल जी-न्युज, आजतक, इन्डिया टिभी र एबिपीबाहेक

अन्यकाे प्रसारण फुकुवा गरेका हुन् । तर उल्लिखित ४ न्यूज च्यानलकाे प्रसारण भने तत्काल खुला नहुने म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिएका छन् । भारतीय च्यानहरूले नेपालविरूद्ध लगातार अवाञ्छित सामग्री प्रसारण गर्न थालेपछि तिनकाे प्रसारणमाथि राेक लगाउन दबाव परेकाे

थियाे । तर केही च्यानलको गलत प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त नहुने भन्दै अलाेचना समेत बढेपछि अन्य च्यानलहरूकाे प्रसारण खुला गरिएकाे शर्माले बताए । उनले भने, ‘हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ । भारतका समाचार हेर्ने पनि हुनुहुन्छ ।

त्यसकारण हामीले केही च्यानलबाहेक अरूको प्रसारण खुला गरेका हौं ।’ नेपालमा प्रसारण बन्द भएपछि जी न्यूजले अाफूबाट गल्ती भएकाे भन्दै नेपालसँग माफी समेत मागिसकेकाे छ ।