Saturday, October 24For your kind information
Shadow

ऐश्वर्या बच्चन र उनकी छोरीलाई पनि कोरोना संक्रमणको पुष्टि

अन्ततः ऐश्वर्या बच्चन र उनकी छोरीलाई पनि कोरोना संक्रमणको पुष्टि

मुम्बईका सहायक नगरपालिका आयुक्त विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको बीबीसी हिन्दीलाई बताएका छन् । यसबारे महाराष्ट्र स्वास्थ्य मन्त्री राजेश टोपेले यस अघि ट्वीटमा जानकारी गराएका थिए। तर उनले पछि आफ्नो ट्वीट मेटाएको जनाइएको छ।

शनिबार अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमाकोरोना भाइरसबाट संक्रमित पाएपछि उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। दुबैको हाल अस्पतालमा उपचार भइरहेको छ र अवस्था स्थिर छ।