Saturday, October 31For your kind information
Shadow

यिनै हुन भारतीय च्यानलहरु नेपाल मा बन्द गर्ने ब्यक्ति सम्मान स्वरुप १/१ शेयर गर्नुहोस

काठमाडौं ।

केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन । नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन । यो खबर नागरिकमा छ । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार

अपरेटरहरुले यस्तो निर्णय गरेको बताए । भारतीय च्यानहरुले पछिल्लो समय पत्रकारिताको सामान्य इथिक्स पनि नराखि नेपालका बारेमा विभिन्न अ’नर्गल प्रचार गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हाउ यान्छीलाई जोडेर कपोकल्पित समाचार समेत प्रशारण गरिरहेका छन ।

उनीहरुका समाचारबारे सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ। भारतीय न्यूज च्यानले पत्रकारिताको सामान्य मर्मसमेत नसामाति नेपाल र नेपालीमाथि प्र’हा’र गरेकोले अपरेटरहरुको सल्लाहमा च्यानल बन्द गरिएको शर्माले बताए।
इन्टरनेटबार हुने प्रशारणलाई रोक्नको लागि नीति ल्याउनु पर्ने

उनले बताए । ‘हामीले च्यानल बन्द गरेर मात्र हुँदैन । अहिले इन्टरनेटबाट समेत प्रशारण हुन्छ। त्यसबाट अफ’वाह फैलिन्छ। यसको लागि सरकारले नीति ल्याउनु पर्छ, ’उनले भने ।

यसैगरि नारायण गाउँले लेख्नुहुन्छ:

हार्दिक आभार Dhurba Sharma जी । नेपाल सरकारले कूटनैतिक च्यानलबाट भारतीय सञ्चार माध्यमलाई ग’ल्ती सच्याउन र माफी माग्न लगाउनुपर्थ्यो, त्यस्तो हुन सकेन । तर आफ्नै पहलमा भए पनि तपाईं च्यानल वितरकहरुले दूरदर्शनबाहेकका भारतीय समाचार च्यानल प्रसारण नगर्ने निर्णय

गर्नुभो, त्यसले धेरै नेपालीलाई खुशी दिएको छ । कुनै पनि सञ्चार सेवाको प्रसारणमा बन्देज लगाइनु लोकतान्त्रिक आचरण होइन तर यतिबेला परिस्थिति बेग्लै छ । ती सञ्चार संस्था होइन, घृणाको खेती गर्ने माध्यम बनेका छन् । तपाईंहरुले बन्देज भन्दा पनि प्रसारण नगर्ने निर्णय गर्नुभएको होला ।

दूरदर्शनलाई खुला राखेर तपाईंहरुले दूरदर्शी निर्णय गर्नुभएको छ । यसले सञ्चार र संवाद टुट्नबाट जोगाउनेछ । नेपालमा फैलिन सक्ने घृ’णा र ग’लत सूचना त तपाईंहरूको निर्णयले रोकिएको छ तर भारत र विश्वभर यस्तो आपराधिक प्रकृतिको वि’तण्डा रोक्न सरकारले नै थप केही गर्नु जरूरी छ ।

हाम्रो आ’पत्ति च्यानलसँग होइन, कन्टेन्टसँग हो । आशा गरौँ, कन्टेन्टहरू सच्च्याइनेछन् र परिस्थिति पूर्ववत् हुनेछ । तपाईंको म्याक्स टिभीलगायत सम्पूर्ण प्रसारकको जय होस् !