Tuesday, October 27For your kind information
Shadow

दीपा दीपकमाथी जाइलागीन् नायिका पूजना पनि, ‘२–४ वटा फिल्म चल्यो भन्दैमा राजेश हमालसँग तुलना गर्ने ?

काठमाडौँ – एक अन्तरवार्तामा कलाकार दीपाश्री निरौलाले राजेश हमाल सुपरस्टार होइनन् भन्ने आशय सहितको अभिब्यक्तिपछि कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानिदै गएका छन् ।

पछिल्लो समय हाँस्य शृखला तितो सत्य बन्द भएपछि ठूलो पर्दामा लागेकी दीपाले उत्तर दिएको शैलीका कारण आज कैयौँ नेपाली दर्शक निराश बनेका बेला नायिका पुजना प्रधान (स्त्री)पनि बोलेकी छिन् ।

अभिनेत्री पुजनाले राजेश हमालको ‘महानायक’ पदको विषयमा मुख खोल्दै भनेकी छिन् ‘२–४ वटा फिल्म चल्यो भन्दैमा बर्षौ देखि फिल्म उद्योगलाई आफ्नो काध थाप्दै आएको राजेश हमालसँग अरुलाई दाज्न मिल्छ रु ’ नायिका पुजनाले महानायक हमालसँग अरुलाई दाज्ने हिम्मत कसरी गर्न सकेको भन्दै दीपा र दीपकराज गिरीमाथी कटाक्ष गरेकी छिन् ।

पछिल्लो समय सामाजिक संजालमा दीपक र दीपाश्री चर्को आलोचनाको शिकार बनेका छन् । यसअघि थुप्रै कलाकारले राजेशको सर्मथनमा आ आफ्नो धारण राखेपछि दीपाले माफी माग्दै आँफुले गल्ती गरेको भने स्विकारेकी थिइन्