Friday, October 23For your kind information
Shadow

सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय, भाडा भने महंगिने

काठमाडौं ।

सरकारले सार्वजनिक सवारी साधनलाई आवश्यक मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले सम्बन्धित जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइने जानकारी दिनुभयो ।

निर्णय अनुसार सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चल्न पाउने छन् भने अन्य जिल्लाहरुमा पनि जिल्ला भित्र मात्र सञ्चालन गर्न पाउने भएका छन् । सार्वजनिक सवारीहरुमा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्नु पर्ने छ भने यात्रुहरुलाई पनि माक्स प्रयोग अनिवार्य गरिएको छ ।

यसैगरी बसका एउटा लहरमा एक जनामा मात्र बस्न पाउने भएपछि टिकटको भाडादर ५० प्रतिशत वृद्धि गर्न व्यवसायीले पाउने भएका छन् । लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने हाल सञ्चालन गर्न दिइने छैन । यो खबर न्युज २४ बाट साभार गरिएको हो ।