Wednesday, August 5For your kind information
Shadow

संसद सचिवालयद्वारा सरिता गिरी पदमुक्त बनेको सूचना जारी, गिरीको सांसद पद चट

काठमाडौं, २५ असार । समाजवादी पार्टीकी नेतृ सरिता गिरी आजदेखि सांसद पदबाट मुक्त भएकी छन् । संघीय संसद सचिवालयले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेसंगै उनी पूर्व सांसद बनेकी छन ।

पार्टीको ह्वीप उल्लंघन गरेको र नेपालको जारी नयाँ नक्साप्रति असहमति जाहेर गरेको भन्दै उनलाई समाजवादी पार्टीले पार्टीको साधारण सदस्य पनि नरहने गरी हटाएको थियो ।

समाजवादीले संसद सचिवालयलाई पत्र पठाएर गिरीलाई पदमुक्त गराउन अनुरोध गरेको थियो । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरी पदमुक्त बनेकी हुन् ।

संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जारी सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply