Wednesday, August 5For your kind information
Shadow

युएई दूतावासले भन्यो: त्यो भाईरल भिडियो बदनाम गराउन खिचियो

काठमाडौ ।

विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । कोरोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो समस्या लिएर दूतावास पुगेका पिडित शिव वच्चन शाह रौनियार

दूतावासका कर्मचारीसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दूतावासको यस्तो प्रतिक्रिया आएको हो । रौनियार र उनिसँग समन्धित केही भिडियो तथा प्रकाशित समाचार प्रति दूतावासको ध्यानाकर्षण भएको विज्ञप्ति जनाएको छ । दूतावासले उक्त भिडियो दूतावासलाई बदनाम गर्ने उद्देश्य

सुनियोजित भएको एक बिज्ञप्ति मार्फद दूतावासले जनाएको छ । दूतावासले भनेको छ पिडित रौनियारले आफ्नो समस्या दूतावासमा राखे लगतै आफूहरुले समन्धित कम्पनीसँग सम्पर्क गरि समस्या समाधानको पहल गरिरहेका थियौ । एनआरएनए संग सहकार्य गरि खान र बस्नको व्यवस्था गरेको र कोठासम्म

पुग्ने खर्च समेत दूतावासले नै उपलब्ध गराएको जनाएको छ । नेपाल फिर्ताको लागि प्राथमिकताको आधारमा नामावली प्रकाशन भएको र हवाई टिकटको समेत दूतावासले व्यवस्था गरि नेपाल एयरलाइन्स मार्फत गत जुन २७ मा नेपाल फर्काउने तयारी गर्दा निज रौनियारको इमिग्रेसन समस्या भएर नेपाल

फर्कन नसकेको तर दूतावासले आगामी ३० जुनमा नेपाल पठाउन लागेको विप्तिमा जनाएको छ । यता, यूएईबाट कोरोना लगायत बिभिन्न कारण स्वदेश फर्किन नपाएर बसेका हालसम्म एक हजार ८ सय ८९ जना नेपाली नागरिकहरुलाई स्वदेश पठाईसकेको दूतावासले जनाएको छ ।

Leave a Reply