Friday, October 30For your kind information
Shadow

कि कोरिया जान दे’, कि रोजगारी दे, भन्दै माइतीघरमा प्रदर्शन

सम्पुर्ण प्रक्रिया पुरा भएका तर कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएर दक्षिण कोरियामा रोजगारीमा जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा पास गरेर सम्पुर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका हुन् ।

सरकारले छिटो भन्दा छिटो कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । यो प्रदर्शन सरकारलाई दबाब स्वरुप गरिएको हो, यदि यसलाई वेवास्ता गरेमा पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुन्छौं, प्रदर्शनमा सहभागीले भने ।

सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।