Monday, September 21For your kind information
Shadow

नेपाल यो अवस्थामा हुदाँ राजिनामा माग्ने सबै राष्ट्र-घाती हुन -ओली

काठमाडौ-:

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीलाई राजीनामा गराउन जोडतोडले लागेको नेकपा भित्रको माधव–प्रचण्ड गुटमै खट्पट सुरु भएपछि जारी स्थायी कमिटी बैठक हात्ती आयो–हात्ती आयो फुस्सा हुने भएको छ।

प्रधानमन्त्री ओलीले दुवै पद छाड्न नखोज्नुलाई गम्भीर षड्यन्त्र भन्दै विकल्पको खोजी गर्न प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम एकजुट भएका थिए।तर, सडकमा ओलीको समर्थनमा कार्यकर्ता उत्रनु, पार्टी

कार्यालयमा केन्द्रीय नेताहरु धर्ना बस्नु र आफ्नै गुटका भनिएका मन्त्री र स्थायी कमिटीका केहि सदस्यले ओली हटाउन नहुने तर्क गर्न थालेपछि प्रचण्ड–माधव गुट हिस्स परेको छ। यतिबेला सडकमा ओलीलाई राष्ट्रवादी र उनको राजीनामा माग्नेहरु भारतीय दलाल भन्ने नारा लागिरहेको छ ।

प्रचण्ड–माधव समूहले मन्त्री र पार्टी स्थायी कमिटिका केही सदस्य समेत ओलीतिरै गएको आशंका गर्न थालेका छन्। बैठकमा ओलीको आलोचना गरेपनि कुनै पद पाउने आशमा केही नेता भित्रभित्रै ओलीसँग नै मिलेको प्रचण्ड–माधव गुटको बुझाई छ।

मन्त्री घनश्याम भुसाल, योगेश भट्टराई, लेखराज भट्टसहित टोपबहादुर रायमाझी, प्रभु शाह, देवेन्द्र पौडेल ओलीसँग पनि भेटघाटमा रहेको दाबी गरिएको छ।यता ओली–प्रचण्डको ३ घण्टा लामो भेटघाटमा पनि ओलीले आफु कुनै पद छाड्न तयार नभएको र जे सक्नुहुन्छ गर्नुस् भनेर प्रचण्डलाई पठाइदिएको ओली निकट स्रोतको भनाई छ।

‘तपाईंहरुको सबै फण्डा थाहा छ, माधवजी भोगेकै मान्छे हो, तपाईं पनि माओवादीमा हुँदा के–के गरेर आउनुभयो बुझेकै छु। यो बेला म राजीनामा दिन्नँ, तपाईंहरुलाई जे गर्दा सजिलो हुन्छ गर्नुस,’ प्रधानमन्त्रीले प्रचण्डलाई जवाफ दिएको स्रोतले बताएको छ।

प्रधानमन्त्रीको कुरा सुनिसकेपछि प्रचण्डले पनि ‘पुराना कुरा खोतल्यो भने तपाईको, मेरो, अरुको सबै छर्लङ्ग हुन्छ अहिले त्यतातिर नजाऔं, अहिले तपाईंले अलि संयम भैदिनुपर्यो, नत्र पार्टी एकता जोगाउन मुस्किल हुने देख्दैछु’ भनेर बाहिरएिको स्रोतको दावी छ।

ओलीसँगको भेटपछी प्रचण्ड-माधव गुटमा तरङ्ग पैदा भएको र अब ओलीको राजीनामा मागिरहँदा बाहिर कार्यकर्तामा पनि नकारात्मक असर पर्ने भएकोले अन्य एजेण्डाको खोजी गरिएको छ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा अनेक अर्थ लाग्ने भएकोले पार्टी अध्यक्षबाट मात्रै भएपनि राजीनामा गर्न लगाउने र त्यो पनि नभए महाधिवेशनबारे कुरा मोडेर भएपनि पछि हट्ने अवस्थामा प्रचण्ड–माधव गुट पुगेको स्रोतको दावी छ।