Saturday, October 31For your kind information
Shadow

मिडियाबाट थाहा पाए मलाई निष्काशित गरेको म अदालत जान्छु -सरिता गिरी

काठमाडौ ।

फाईल फोटो

पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको बताएपछि उनले त्यसविरुद्ध अदालतले जाने बताएकी छन । बीबीसी न्यूज नेपालीसित कुरा गर्दै उनले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन । “मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई

निष्काशित गरेको भनियो। यो अनलफूल एक्ट हो,” गिरीले थपिन । पार्टीको ४२५ सदस्यीय केन्द्रीय समितिले मात्र यस्तो निर्णय गर्न सक्ने उनको भनाइ छ । “यो कदम सङ्घीय कानुन र पार्टीको विधानविपरीत कदम हो । त्यही भएर म अब सर्वोच्च अदालत जान्छु ।” निर्देशन उल्लङ्घनको आरोप

यस अघि मङ्गलवार साँझ समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न दिइएको निर्देशन उल्लङ्घन गरेको भन्दै नेत्री गिरीलाई निष्काशित गरेको जनाएको थियो । मङ्गलवारको निर्णयसँगै नेत्री गिरीको सांसद पद पनि गुम्ने भएको छ । पार्टी महासचिव रामसहाय यादव संयोजकत्वको

तीन सदस्यीय कार्यदलले गरेको सिफारिस बमोजिम पार्टीले कारबाही गरेको कार्यदलका एक सदस्य मोहम्मद इस्तियाक राइले बीबीसी न्यूज नेपालीलाई बताए । “संसदीय दलले दिएको निर्देशनलाई उल्लङ्घन गरेकोले र आचरणविपरीत काम गरेकोले पार्टी र सङ्घीय सांसद पदबाट समेत उहाँलाई

निष्काशित गर्ने निर्णय गरिएको हो,” नेता राइले थपे । पार्टी निर्णयबारे बुधवार सङ्घीय संसद् सचिवालयलाई जानकारी गराइने उनले बताए । यो खबर नेपाली बिबिसी बाट साभार गरिएको हो ।