Friday, October 30For your kind information
Shadow

सरिता गिरी निष्कासित सांसद पद र साधारण सदस्य पनि नरहने

काठमाडौं ।

पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको हो । योसँगै, गिरी सांसद पदबाट पनि पदमुक्त भएकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको

नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । पार्टी ह्वीपनै उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले गिरीलाई कारबाही गर्नका लागि

पार्टीमा सिफारिस गरेको थियो । समाजवादी पार्टीका अनुसार संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी गिरीलाई निस्कासन गरिएको हो । गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । तर, संसदमा बोल्न नदिएको भन्दै गिरी बैठक चलिरहेकै समयमा बाहिरिएर देश र पार्टी विरोधी अभिव्यक्तिहरु दिएकी थिइन् ।