Saturday, October 24For your kind information
Shadow

चिनियाँ राजदूत फेरी भेटिन नेकपा नेता माधब नेपाललाई आखिर किन ? पूरा पढनुहोस

काठमाडौं ।

फाईल फोटो

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै विवाद भइरहेका बेला चिनियाँ राजदूत फेरी सक्रिय भएकी छिन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतबार साँझ भेट गरेकी छन । नेकपाको निर्णायक

हुनसक्ने अनुमान गरिएको सोमबारको स्थायी कमिटी बैठक अघि राजदूत होउले पूर्वप्रधानमन्त्री नेपाललाई भेट गरेकी हुन । नेपालनिकट एक नेताका अनुसार भेटवार्ता गर्न राजदूत हाउ आइतबार बेलुका उनको निवास कोटेश्वर पुगेकी थिइन । ती नेताका अनुसार राजदूत होउले प्रधानमन्त्री तथा अध्यक्ष ओली

र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेको हुनुपर्छ । राजदूतको सक्रियतापछि नेकपा विवाद मत्थर हुने सम्भावना बढेको नेताहरूले बताएका छन । श्रोत: ओस नेपाल बाट साभार