Saturday, October 31For your kind information
Shadow

माधव नेपाल भन्छन: प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन ओलि

काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीका विरुद्ध यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम लगायतका नेता उभिएका छन् । स्थायी कमिटी बैठकमा उनीहरूले ओलीलाई अध्यक्ष र

प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि बैठक नै प्रभावित छ । बैठक छाडेर आपसी सहमति गराउन जुटेका नेता एक्लाएक्लै र सामूहिक छलफलमा छन् । कहिले अध्यक्षद्वय त कहिले अन्य नेताहरू गुटगत र समूहगत रूपमा भेला भएर गतिरोध समाप्त पार्न छलफलमा छन् । छलफलमा जुट्दा वरिष्ठ

नेता माधव नेपालका भने अचेल गज्जबका तर्क छन् ।
भनेर फोन गरेर सुझाव दिनेलाई पनि उनी आफूलाई ओलीले थुन्न खोजेको कुरा सबैभन्दा पहिला सुनाउँछन् । ‘धेरै जिल्लाका नेताहरूले पनि माधव नेपाल आफैँले फोन गरेर मलाई ओलीजीले थुन्न लागेको भन्ने खबर गरिरहनुभएको छ,

एक जिल्ला नेताले बताउँछन् । उनले आफ्नो कुरा मात्र गर्दैनन्, कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि ओलीले थुन्ने योजना बनाएको सुनाउन पनि छुटाउँदैनन् । ‘मलाई मात्र होइन, शिविर घोटाला र युद्ध अपराधको मुद्दामा पनि प्रचण्डलाई थुन्न खोजका छन् ।