Friday, October 30For your kind information
Shadow

सरकारको लगानी वालुवामा पानी -आदित्य रिजाल

पर्बत ।

पहिरो अनि बाढिको जोखिममा पर्वत अनावश्यक रुपमा खनिएका बाटोहरुको कारण पर्वतमा पहिरोको जोखिम बढ्दै गएको छ । फलेवास नगरपालिकाको अहिलेको अवस्था हेर्दा सरकारको बजेट आवश्यक ठाउँमा प्रयोग नभएको देख्न सकिन्छ । फलेवास नगरपालिकाको मुख्य बाटोकै भल नियन्त्रण

गर्न नसकिराखेको अवस्थामा साखा बाटोहरु के को लागि ??दैलोदैलोमा मोटरबाटो पुगेको छ तर बिरामी हुदा त्यो बाटोहुँदै एम्बुलेन्स बोलाउने हो भने एम्बुलेन्स दैलोमा त के घर बाट 3 किलोमिटर टाढा पनि राम्रोसंग आउन सक्दैन । एम्बुलेन्स बस मोटरसाइकलको कुरा छाडिदिउ ठाउँ-ठाउँमा पहिरो गएको

कारण मानिस पनि हिड्न मिलेको छैन । खनेको भोलिपल्ट नै बाटो खने नखनेको छुट्टाउननै गार्हो भएको छ । स्थानिय बासिन्दाहरुका अनुसार युवाहरु बिदेश पलायन साथै उच्च शिक्षाको लागि सहरतिर गएको कारण गाउमा सबै वृद्ध अथवा बालबच्चा भएकोले के ठिक के बेठिक छुट्टाउन नसकेको कारण

अहिले पहिरोको जोखिम अनि बाढिको समस्या भएको हुनसक्ने बताउछ्न । बर्खामास लाखौं, करोडौं लगानी गरेर खनिएका साखा बाटाहरु खनेको हो अथवा पहिरो गएको हो छुट्टाउन नसकिने अवस्थामा छन । नगरपालिकाले साखाबाटोहरुमा गरेको लगानी वालुवामा पानी जस्तै भएको छ । यो त एक उदाहरण मात्रै हो एस्ता हजारौं कारणले गर्दा नेपाल सरकारको लोकप्रियता दिन प्रतिदिन घटिरहेको छ ।

आदित्य रिजाल

सामाजिक, आर्थिक तथा राजिनितिक क्षेत्रमा कलम उठाउने ब्याक्ति