Wednesday, October 21For your kind information
Shadow

अब होटल तथा एयरलाइन्स खोल्ने तयारीमा सरकार पूरा हेर्नुहोस

काठमाडौं ।

बिश्वभर यतिबेला कोरोना भाईरसको माहामारी फैकिएको बेला अहिले देश पुरै कलडाउन छ । अहिले एक जिल्ला बाट अर्को जिल्ला मा जान पनि अत्यन्तै जरुरी काम भए पनि पास बिना जान नपाईने नेपाल सरकार ले नियम बनाएको छ । अहिले नेपाल बाट वा अन्य देश बाट नेपाल आउने कुनै पनि

अन्तरास्ट्रिय एयरलाइन्स हरु बन्द गरिएको छ । अब भने लकडाउनका कारण करिब ४ महिनादेखि बन्द रहेको होटल तथा एयरलाइन्स क्षेत्र खोल्ने तयारीमा सरकार जुटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले आज पत्रकामर सम्मेलन गर्दै होटल र उडान खोल्ने तयारीमा

सरकार रहेको र थप गृहकार्य गरिरहेको जानकारी दिए । उनले भने, ‘अब विस्तारै होटल तथा उडान खोल्दै जानुपर्छ । उनीहरुलाई प्रोटोकल फलो गरेर खुला गर्न तयारी गर्नुस् भनेका छौँ । चैत ११ गतेदेखिको लकडाउनका कारण पर्यटकीय, उद्योग लगायतका क्षेत्रहरु प्रभावीत भएका छन । नेपालमा झण्डै १० खर्ब लगानी रहेको भनिएको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।