Tuesday, October 27For your kind information
Shadow

बुढा नेताहरुले राजनीति बाट सन्यास लिनु पर्छ, युवालाई देश चलाउन दिनु पर्छ: गगन थापा

काठमाडौ ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट सन्यास लिएर युवालाई देश चलाउन दिनपर्छ भनेका छन् । शुत्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी फुटाउनेसम्मको तयारी गर्दा आफ्नै पार्टी फुट्नेसम्मको स्थितिमा पुगेको समेत उनले बताए ।

यो पढ्न छुटाउनु भयो कि गगन थापालाई प्रधानमन्त्री ओलीले दिए १० अर्बको हिसाब, गगनको यस्तो प्रतिक्रिया प्रधानमन्त्री ओलीले आज संसद्लाई जवाफ दिने क्वारेन्टिन मान्छे मार्ने क्याम्प भयो, १० अर्बको एक-एक हिसाब चाहियो: गगन थापा ‘एकाएक के सोच्नु भयो एकातिर अध्यादेश ल्याउनु भयो ।

अर्कोतिर अरुको पार्टी फुटाउन भाडाका मान्छे प्रयोग गरेर सांसद उठाउने काम गर्न थाल्नु भयो । उनले अगाडि भने, ‘त्यसको प्रभावले उहाँको पार्टी फुट्नेसम्मको अवस्थामा पुग्यो। सांसदहरुले नै पक्ष र विपक्षमा हस्ताक्षर गर्न थाले । यो कसैले निम्त्याएको हो ? कुरो प्रष्टै छ ।

योभन्दा प्रष्ट कुरो के छ ? केही दिनपहिले प्रतिपक्षी दलसहित आम नेपालीले सरकारलाई साथ दिएको स्मरण गर्दै योभन्दा अनुकल अवस्था कहिल्यै नभएको उनले बताए । ‘अध्यादेश नल्याउन्जेल सबैले के भनिरहेको थिए भने तपाई हाम्रो अभिभावक हो । हाम्रोसेनापति हो । यो लडाई तपाइले हार्नुभयो भने हामी पनि हार्छौं ।

सर्वश्व गुमाउँछौं। सबैले भनिरहेको कुरा यहि त थियो। योभन्दा अनुकुलको अवस्था ओलीले खोज्नु भएको चाहि के हो ? ‘सरकारले एउटा कोष बनायो । सबैभन्दापहिले कांग्रेसले ५० लाख बोकेर गयो। यो कांग्रेससँग पैसा धेरै भएर पनि होइन र सरकारसँग कम भएर पनि होइन । सन्देश के दिन खोजिएको हो भने प्रतिपक्ष सरकारसँगै छ ।

महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताका विषयमा समेत प्रक्रियागत छानबिन हुने भन्दै आफूहरु चुप बसेको उनले स्मरण गरे । ‘यत्रो ठूलो अनियमितता हुँदा पनि महामारीको बेलामा हामीले खासै बोलेनौं । विषयान्तर गर्नु हुँदैन भन्यौं । उनले भने, ‘हाम्रा यत्रा मान्छे बाहिर छन ।

नेपाल छिर्न पाउने उनीहरुको हक हो। उहाँहरुका लागि तपाइले सिमानाबन्द गर्न पाउदैन । तिनलाई कसरी ल्याउने ? ल्याएर कहाँ राख्ने ? यो विषयमा त बहसै हुन छोड्यो । सारा देशलाई प्रधानमन्त्रीले अर्कोतिर लग्नुभयो । यो आचरण र क्षमता भएको नेतृत्वले हामीलाई महासंकटबाट पार लाउँला ?’ उनले प्रश्न गरे ।