Saturday, October 24For your kind information
Shadow

मिचिएको सीमाको माग गर्दै धुर्मुस-सुन्तली (भिडियो सहित)

काठमाडौं ।

श्रीमान् देशको नेतृत्व गरिरहेका हुन्छन् । यहीबेला कोरोना संक्रमणको महामारी फैलिन्छ । संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले देशमा लकडाउन गरिरहेको हुन्छ । लकडाउनको विकल्प हुन सक्छ कि सक्तैन ? त्यसतर्फ सरकारले ध्यान दिएको छैन । तर, निरन्तर लकडाउन थपिरहन्छ ।

लकडाउनबाट हुन जाने नकारात्मक प्रभावबाट कसरी बाहिर निस्किन सकिन्छ ? सरकारसँग कुनै योजना छैन । सरकारले बिनायोजना लकडाउन थपिरहँदा जनता कोरोनाले भन्दा पनि भोकले मर्ने अवस्था आउला भनेर सरकारको नेतृत्व गरिरहेका श्रीमान्‌लाई सम्झाउँदै घरको कौसीमा निस्किएकी श्रीमतीले आफ्नै जमिनमा छिमेकीले बाटो खनेर गाडी गुडाएको देख्छिन ।

‘लकडाउनको मौका छोपेर अकार्का जग्गामा बाटो खनेर छिमेकीले त गाडी पो गुडाइसकेका रहेछन्,’ श्रीमतीले भन्छिन् । श्रीमान्‌ले यसबारे आफू अनविज्ञ रहेको बताउँछन् । श्रीमतीले दबाब दिँदै भन्छिन्, ‘यो छिमेकीको मिचाहा प्रवित्तिविरुद्ध कडा विज्ञप्ति निकाल । आफ्नै जग्गा मिच्दा पनि श्रीमान् भने खासै गम्भीर देखिँदैनन् ।

आवेशमा आउन नहुने बताउँछन् । कूटनीतिक तवरले समस्याको समाधान खोज्‍नुपर्ने बताउँछन् । श्रीमती भन्छिन्, ‘को छिमेकी त्यो छिमेकी होइन छि ! मेकी हो । सिमाना मिचिएपछि मिचिएको जग्गा फिर्ता लिन आग्रह गर्दै दबाबस्वरूप माइतीघर मण्डलामा आन्दोलन सुरु हुन्छ । फोनमा उनी भन्छन् । मण्डलामा कुर्लिएर जग्गा पाइँदैन, कोरोना भाइरस पाइन्छ ।

हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी, हाम्रै हो टनकपुर, हाम्रै हो नालापानी, हाम्रै हो अलमोडा’ गीत बज्छ । भिडियो सकिन्छ । यो भिडियोमा श्रीमान् भनेर नेपालको प्रधानमन्त्रीलाई संकेत गरिएको छ । श्रीमती भनेर जनतालाई र छिमेकी भनेर भारतलाई संकेत गरिएको छ, र भिडियो भारतले नेपाली भूमि

लिपुलेक हुँदै लिम्पियाधुरासम्म सडक खोलेपछि त्यसको बिरोधमा हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सीतारम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले निर्माण गरेका हुन् । भिडियोमा श्रीमान् र छिमेकीको भूमिकामा सीताराम छन् भने श्रीमतीको भूमिकामा कुञ्जनाले अभिनय गरेकी छन् ।