Saturday, October 24For your kind information
Shadow

ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा मैले मागेको हो ईन्डियाले होईन: प्रचण्ड

काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भएको छ । मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे ।

बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए । ‘मदन जयन्तीका दिन तपाईंले भारतले विरूद्ध जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ, प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गर्न सकिन्न ।

प्रचण्डले ओलीलाई उनको राजीनामा दिल्लीले नभई पार्टीले माग्ने पनि बताएका थिए । यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु । तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने ।

प्रचण्डको यस्तो भनाइपछि प्रधानमन्त्री ओलीले नेकपाको पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन् त भनेर प्रश्न सोधेका थिए । बैठकमा अन्य नेताहरूले बोल्ने क्रम जारी छ । यसअघि बोलेका बरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागेको छ भन्ने अभिव्यक्ति गम्भीर भएको बताएका थिए । श्रोत:- पाथिभरा बाट