Sunday, October 25For your kind information
Shadow

देउवाको निवासमा विप्लवले जे पनि हुन सक्छ भन्दै टासियो पर्चा पूरा हेर्नुहोस

काठमाडौ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र छाडेको छ विप्लवले जनकारबाही गर्ने चेतावनी सहितको घरमा पत्र दिएको छ। देउवाको धनगढी स्थित उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको निवासमा विप्लवले जनकारबाही गर्ने पत्र टाँसेका छन् विप्लवले मिलिनियम

च्यालेन्ज कर्पोरेसन एमसीसी को पक्षमा मतदान गरे जनकारबाही गर्ने चेतावनी दिदै पत्र टाँसेका हो । पत्रमा लेखिएको छ नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरापनि अवगत गराउन चाहान्छौ ।