Monday, October 26For your kind information
Shadow

खुसिको कुरा:- सभामुख सापकोटा बाधक बनेपछि एमसीसी पारित नहुने भयो

काठमाडौं ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ । उक्त सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नुपर्नेछ । तर, सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थगन गरेका छन ।

प्रमुख सचेतक देव गुरुङको सल्लाहमा सभामुख सापकोटाले एमसीसी सम्झौताको मिति टार्न बैठक पर सारेको सरकारको आरोप छ । सरकारसँग सल्लाहै नगरी सभामुखले बैठक सार्नुभयो’एक मन्त्रीले भने,एमसीसी सम्झौता अनुमोदनका विषयमा पार्टीमा यत्रो छलफल भइरहेका बेला सभामुखले एकाएक एक साता पर बैठक सार्नुभएछ ।

एमसीसीबारे छलफल गर्न बुधबार पार्टीको स्थायी समिति बैठक बोलाइएको विषयलाई ख्यालमा नराखी सभामुखले बैठक स्थगन गरेको प्रधानमन्त्री केपी ओलीनिकट नेता बताउँछन । खै, हामीसँग सल्लाहै भएन’ओलीनिकट एक नेताले भने, सभामुख र प्रमुख सचेतकजीलाई थाहा होला । सभामुखको सचिवालय भने एमसीसी छल्नलाई बैठक नसारेको बताउँछ ।

यसबीच पारित भएका बजेटसम्बन्धी विधेयक प्रमाणित गर्न र १५ गते धान दिवस परेकाले १७ गते बैठक तोकिएको सभामुखको सचिवालयले जनाएको छ । प्रमुख सचेतक गुरुङले भने बैठक तोक्ने सभामुखको क्षेत्राधिकार भएको र संसद्बाट एमसीसी पारित गर्नै पर्ने संवैधानिक र कानुनी बाध्यता नभएको बताए ।

अन्तर्राष्ट्रिय कानुन, मुलुकको संविधान र कानुनअनुसार एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभएको गुरुङको दाबी छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।