Friday, October 30For your kind information
Shadow

एमसीसी पास नहुने निश्चित, सभामुख सापकोटा बने बाधक पूरा हेर्नुहोस

काठमाडौं ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज क,र्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार अ,सन्तुष्ट बनेको छ । उक्त सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नुपर्नेछ । तर, सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थ,गन गरेका छन् । प्रमुख सचेतक देव

गुरुङको सल्लाहमा सभामुख सापकोटाले एमसीसी सम्झौताको मिति टार्न बैठक पर सारेको सरकारको आ,रोप छ । सरकारसँग सल्लाहै नगरी सभामुखले बैठक सार्नुभयो’एक मन्त्रीले भने,एमसीसी सम्झौता अ,नुमोदनका विषयमा पार्टीमा यत्रो छलफल भइरहेका बेला सभामुखले एकाएक एक साता पर बैठक सार्नुभएछ । एमसीसीबारे छलफल गर्न बुधबार

पार्टीको स्थायी समिति बैठक बोलाइएको विषयलाई ख्यालमा नराखी सभामुखले बैठक स्थ,गन गरेको प्रधानमन्त्री केपी ओलीनिकट नेता बताउँछन । खै, हामीसँग सल्लाहै भएन’ओलीनिकट एक नेताले भने, सभामुख र प्रमुख स,चेतकजीलाई थाहा होला । सभामुखको सचिवालय भने एमसीसी छल्नलाई बैठक नसारेको बताउँछ ।

यसबीच पा,रित भएका बजेटसम्बन्धी वि,धेयक प्रमाणित गर्न र १५ गते धान दिवस परेकाले १७ गते बैठक तोकिएको सभामुखको सचिवालयले जनाएको छ । प्रमुख स,चेतक गुरुङले भने बैठक तोक्ने सभामुखको क्षेत्राधिकार भएको र संसद्बाट एमसीसी पा,रित गर्नै पर्ने संवैधानिक र कानुनी बाध्यता नभएको बताए ।

अन्तर्राष्ट्रिय कानुन, मुलुकको संविधान र कानुनअनुसार एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभएको गुरुङको दा,बी छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।